काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले झण्डै दुई अर्ब नाफा कमाएका छन् । चालु आवको पहिलो त्रैमाससम्म १४ जीवन बीमाा कम्पनीहरुले १ अर्ब ९७ करोड २४ लाख रुपैयाँ नाफा कमाएका हुन् ।
यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २.५१ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म जीवन बीमकहरुले १ अर्ब ९२ करोड ४१ लाख रुपैयाँ नाफा कमाएका थिए ।
सो अवधिसम्म तीन बीमा कम्पनीबाहेक सबैको मुनाफा उल्लेख्य बढेको छ । गत आवको तुलनामा नाफा घट्ने कम्पनीहरुमा राष्ट्रिय जीवन बीमा कम्पनी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेनस र हिमालयन लाइफ इन्स्योरेन्स रहेका छन् ।
सो अवधिसम्म सबैभन्दा बढी मुनाफा कमाउनेमा रिलायबल नेपाल लाइफ रहेको छ । कमपनीले २५ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा २९.६५ प्रतिशत बढी हो ।
त्यस्तै, सन नेपाल लाइफले २३ करोड ९२ लाख, नेपाल लाइफले २१ करोड ५५ लाख, आइएमई लाइफले १५ करोड ८३ लाख, एशियन लाइफले १५ करोड २५ लाख, सानिमा रिलायन्स लाइफले १४ करोड ९६ लाख, नेशनल लाइफले १४ करोड ८ लाख, सिटिजन लाइफले १३ करोड १४ लाख, सूर्यज्योति लाइफले १२ करोड ८० लाख, हिमालयन लाइफले १२ करोड ७७ लाख, एलआइसी नेपालले १० करोड ८३ लाख, मेट लाइफले ९ करोड ७१ लाख, प्रभु महालक्ष्मी लाइफले ६ करोड ३७ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले १२ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।
गत आवको तुलनामा सर्वाधिक नाफा बढाउनेमा भने सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ४४.०२ प्रतिशतले नाफा ग्रोथ गरेको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।