बुधबार, भाद्र ३,२०८३ 04:51:46
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 04:51:46
Bizshala
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुले भित्र्याए रु.४९.२२ अर्ब प्रिमियम, सबैको व्यवसायमा उल्लेख्य वृद्धि

जीवन बीमा कम्पनीहरुले भित्र्याए रु.४९.२२ अर्ब प्रिमियम, सबैको व्यवसायमा उल्लेख्य वृद्धि
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमाससम्म ४९ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीहरुले असोज मसान्तसम्म ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।  

बीमकहरुकोे यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा १९.८४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म जीवन बीमकहरुले ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।  

Bizshala
CG Motors

सो अवधिसम्म आइपुग्दा सबै जीवन बीमा कम्पनीहरुको व्यवसाय उल्लेख्य बढेको छ । सबैभन्दा धेरै प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ रहेको छ । कम्पनी एक्लैले १३ अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जुन यो सबै बीमा कम्पनीको बीमाशुल्क संकलनको २७।३३ प्रतिशत हिस्सा हो ।  

त्यस्तै, नेशनल लाइफले ५ अर्ब ६८ करोड, एलआइसी नेपालले ४ अर्ब ९८ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५३ करोड, हिमालयन लाइफले ४ अर्ब ४३ करापेड, सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड, एशियन लाइफले २ अर्ब २६ करोड, सिटिजन लाइफले २ अर्ब १७ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ८१ करापेड, मेट लाइफले १ अर्ब ६६ करोड, आइएमई लाइफले १ अर्ब ५१ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड र सन नेपाल लाइफले ९५ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।  

गत आवको सोही अवधिसम्मको तुलनामा सबैभन्दा बढी व्यवसाय बढाउने कम्पनीमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीको व्यवसाय २२२.४९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.