मंगलवार, आश्विन १३,२०८३ 06:30:50
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:30:50
Bizshala
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुले आर्जन गरे रु. ७६.९० अर्ब बीमाशुल्क, नेपाल लाइफले मात्रै २१%

Bizshala
जीवन बीमा कम्पनीहरुले आर्जन गरे रु. ७६.९० अर्ब बीमाशुल्क, नेपाल लाइफले मात्रै २१%
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले करिब ७७ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ बीमा कम्पनीले चालु आवको ५ महिनासम्ममा ७६ अर्ब ९० करोड ५७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् । यो बीमाशुल्क गत आवको सोही अवधिसम्मको तुलनामा १६.९० प्रतिशत बढी हो । 

गत आवको यसै अवधिसम्म जीवन बीमकहरुले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बराबारको प्रिमियम संकलन गरेका थिए । सो अवधिसम्म आइपुग्दा सबै बीमा कम्पनीको व्यवसाय गत आवको तुलनामा उल्लेख्य बढेको देखिएको छ । सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले २१ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो बीमाशुल्क गत आवको तुलनामा १३.९१ प्रतिशत बढी हो । नेपाल लाइफले मात्रै सो अवधिसम्म संकलन गरेको प्रिमियम रकम सबै बीमकको कुल व्यवसायको २१.१९ प्रतिशत हिस्सा हो । 

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले पनि ९ अर्ब २७ करोड रुपैयाँ बराबरको प्रिमियम कलेक्सन गरेको छ । कम्पनीको यो व्यवसाय गत आवको तुलनामा १६.०७ प्रतिशत बढी हो । 

यसका साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ८ अर्ब १८ करोड, हिमालयन लाइफले ६ अर्ब ९२ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ५७ करोड, सूर्यज्योति लाइफले ४ अर्ब ४७ करोड, एशियन लाइफले ३ अर्ब ७५ करोड, सानिमा रिलायन्स लाइफले २ अर्ब ८० करोड, मेट लाइफ इन्स्योरेन्सले २ अर्ब ६३ करोड, आइएमई लाइफले २ अर्ब ४५ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ३४ करोड, प्रभु महालक्ष्मी लाइफले २ अर्ब २२ करोड र सन नेपाल लाइफले १ अर्ब ६४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । 

गतको तुलनामा सबैभन्दा बढी व्यवसाय बृद्धि गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । यो कम्पनीको व्यवसाय १४६.९४ प्रतिशत बढेको छ ।

 

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.