शुक्रबार, श्रावण १,२०८३ 11:10:34
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 11:10:34
Bizshala
Global IME Bank Limited

जेभियर इन्टरनेशनल स्कूललाई १३ वटा फोटोन माउन्टेन इभी भ्यान हस्तान्तरण

जेभियर इन्टरनेशनल स्कूललाई १३ वटा फोटोन माउन्टेन इभी भ्यान हस्तान्तरण
New Office

काठमाण्डौ । एमएडब्लु वृद्धि कमर्सियल भेइकलले जेभियर इन्टरनेशनल स्कूललाई १३ वटा नयाँ फोटोन माउन्टेन ईलेक्ट्रिक स्कुल भ्यानहरू हस्तान्तरण गरेको छ । कम्पनीले एक औपचारिक कार्यक्रमको आयेजना गरी उक्त भ्यान हस्तान्तरण गरेको हो । यो औपचारिक साँचो हस्तान्तरण कार्यक्रम काठमाण्डौमा आयोजना गरिएको थियो ।  जसमा एमएडब्लु वृद्धि र जेभियर स्कूलका प्रतिनिधिहरूको उपस्थिति थियो।

फोटोन माउन्टेन इभी एक आधुनिक, प्रदूषणमुक्त भ्यान हो । जुन भरपर्दो प्रदर्शन, सहजता र ऊर्जा दक्षताको लागि डिजाइन गरिएको छ । यो विशेष गरी विद्यालयका विद्यार्थीहरूको सुरक्षित र भरपर्दो यातायातका लागि उपयुक्त रहेको कम्पनीको भनाई छ । यसमा ५३.५८ किलोवाटको सीएटीएल ब्याट्री र १३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । 

जसले ३३० एनएमसम्मको टर्क दिन्छ र चुनौतिपूर्ण बाटाहरूमा सहजता प्रदान गर्छ।यसले उकालो चढ्नका लागि २५ प्रतिशत ग्रेडियाबिलिटी क्षमतासहित पहाडी तथा सहरी बाटोहरूमा सहजता प्रदान गर्छ। यो भ्यानको चौडा भित्री भाग, कम सञ्चालन खर्च र वातावरणमैत्री प्रविधिले जेभियर ईन्टरनेसनल स्कुल जस्ता विद्यालयका लागि दीर्घकालीन र स्मार्ट समाधान बनाएको कम्पनीले उल्लेख गरेको छ।

यी भ्यानहरू एमएडब्लु वृद्धिका सीईओ तुषार गुप्ता र सेल्स हेड नवीन आचार्यले विद्यालयलाई हस्तान्तरण गरेका हुन्। एमएडब्लु वृद्धि, नेपालमा फोटोन मोटर्सको आधिकारिक आयातकर्ता कम्पनी हो। foton

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.