काठमाण्डौ । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । जेठ २३ गते सम्पन्न कम्पनीको छैठौं, सातौं र आठौं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
जसमध्ये ४ जना संस्थापक समूहबाट र २ जना सर्वसाधारण समूहबाट निर्वाचित भएका हुन् । संस्थापक समूहबाट निर्विरोध निर्वाचित हुनेमा दिनेश प्रसाद श्रेष्ठ, हेमनिधि शर्मा, रमेश राज शिवाकोटी र सोहन सुन्दर श्रेष्ठ रहेका छन् ।
यस्तै सर्वसाधारण समूहबाट निर्वाचित हुनेमा अनिल शर्मा र सुरक्षा श्रेष्ठ रहेका छन् ।
सोही दिन बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दिनेश प्रसाद श्रेष्ठलाई कम्पनीको अध्यक्ष चयन गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।