बिहीबार, श्रावण १४,२०८३ 09:47:57
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:47:57
Bizshala
Global IME Bank Limited

नकारात्मक बुक भ्यालु भएका कम्पनीलाई आईपीओ निष्कासनमा रोक लगाउने व्यवस्था यथावत् राख्न सुझाव

नकारात्मक बुक भ्यालु भएका कम्पनीलाई आईपीओ निष्कासनमा रोक लगाउने व्यवस्था यथावत् राख्न सुझाव
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सवको अवसरका बिभिन्न लगानीकर्ता संघका नेताहरुले धितोपत्र बोर्डलाई  मौखिक रुपमा विभिन्न सुझाव दिएका छन । जसमध्ये लगानीकर्ताले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नकारात्मक बुक भ्यालु भएका कम्पनीहरुको हकप्रद तथा प्राथमिक सेयर निष्कासनमा रोक लगाउने व्यवस्था यथावत् राख्न सुझाव दिएका छन् ।

हाल धितोपत्र बोर्डले नकारात्मक बुक भ्यालु भएका कम्पनीहरुलाई प्रथामिक सेयर निष्कासनमा गरेको रोक्ने काम सराहनिय भएको भन्दै लगानीकर्ताहरुले बजार सुधारको अपेक्षा गर्दै जुन सुकै दबाब आएता पनि पछि नहट्न अध्यक्षलाई सझाब दिए । आयोजना सुरु नहुँदै आईपीओ ल्याउने तथा बेचेर निस्कने कार्य सेयर बजारमा विकृती मौलाउँदै गएको प्रति पनि लगानीकर्ताहरुले अध्यक्षको ध्यान आकर्षण गराएका थिए ।  

बोर्डका अध्यक्ष यस विषयमा सकारात्मक रहेको पनि लगानीकर्ताहरुले जानकारी दिए । यसरी सुझाव दिनेहरुमा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसी राम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल , स्वतन्त्र  पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे तथा लगानीकर्ता एसपी चौंलागाई रहेका छन् । उनीहरुले संयुिक्त रुपमा भेट्दै यस्तो सुझाव दिएका हुन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.