बुधबार, भाद्र ३,२०८३ 04:50:58
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 04:50:58
Bizshala
Global IME Bank Limited

बोइङले एकै महिनामा प्राप्त गर्यो ३०३ वटा नयाँ अर्डर

बोइङले एकै महिनामा प्राप्त गर्यो ३०३ वटा नयाँ अर्डर
New Office

काठमाण्डौ । अमेरिकी हवाई जहाज निर्माता कम्पनी बोइङले एकै महिनामा ३०३ वटा नयाँ अर्डर प्राप्त गरेको छ । कम्पनीले प्राप्त गरेको यो अर्डर बोइङको इतिहासकै छैठौं उच्च मासिक अर्डर हो ।  

कम्पनीले मे महिनामा ४५ वटा हवाई जहाज आपूर्ति समेत गरेको छ । मे महिनमा बोइङले प्राप्त गरेको अर्डरमा कतार एयरवेजले गरेको अर्डर पनि समावेश छ । अमेरिकी राष्ट्रपतिको भ्रमणको क्रममा कतार एयरवेजले १३० वटा ७९७एस, ३० वटा ७७७एक्सएस र ५० वटा लङ–हल एयरक्राफ्ट अर्डर गरेको थियो ।  

Bizshala
CG Motors

खाडी क्षेत्रको अर्को हवाई कम्पनी इथिहाडले पनि २८ वटा विमान अर्डर गर्ने जनाएको थियो । तर कम्पनीले अर्डर नगरेकाले मे महिनाको सूचीमा इथिहाडको उक्त अर्डर समावेश गरिएको छैन ।  

यस्तै क्यानडाको वेष्टजेटले पनि ७ वटा ७३७ म्याक्स जेट अर्डर गरेको छ । कम्पनीले यसमा २ वटा ७३७एसको अर्डर समेत रद्द गरेको छ ।  

मे महिनामा कुल ३ वटा अर्डर रद्द भएको कम्पनीले जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.