काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ७९ हजार ६४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । आजदेखि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि संस्थाका हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बनेपामा रहेको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन पेश गर्नु पर्नेछ ।
सेयरको न्यूनतम प्रतिकित्ता मूल्य २५० रुपैयाँ कायम गरिएको छ । निर्धारित समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।