काठमाण्डौ । नेपालका लागि सेरेस इभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाण्डौको नक्सालमा नयाँ स्टेट अफ आर्ट सोरुम सञ्चालनमा ल्याएको छ ।
सेरेसका डिपुटी जनरल म्यानेजर जियाझुु र एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले सेरेसका प्रतिनिधि जुन सि र यीपांग तथा अटोमोबाइल क्षेत्रका विशिष्ट अतिथिहरुको उपस्थितिमा बिहीबार आयोजित एक समारोहबीच नयाँ सोरुम उद्घाटन गरेका हुन् ।
नयाँ सोरुमले नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरिय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभुत गर्ने कम्पनीले जनाएको छ । उद्घाटन समारोहमा एमएडब्लु वृद्धिले सेरेस ३ ले हिमाली क्षेत्रमा रहेको कोरोलापासको कठिन भूगोलमा पुगेको इन्ट्रो भिडियो पनि देखाएको थियो । सेरेस ३ समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाइमा अवस्थित कोरोलापास पुग्ने पहिलो इलेक्ट्रिक एसयुभी हो ।
नयाँ सोरुमा विशाल एलइडी डिस्प्ले, सेरेसका पछिल्ला इभी मोडेल र परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम हुनेछ ।