काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.६९ रुपैयाँ र बिक्रीदर १३८.२९ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.४१ रुपैयाँ र बिक्रीदर १३८.०१ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १५९.२९ रुपैयाँ र बिक्रीदर १५९.९९ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८६.७५ रुपैयाँ र बिक्रीदर १८७.५६ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.५२ रुपैयाँ र बिक्रीदर ९.५६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.४९ रुपैयाँ र बिक्रीदर ३७.६५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१७ रुपैयाँ र बिक्रीदर १९.२५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.४३ रुपैयाँ र बिक्रीदर ३२.५७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.७८ रुपैयाँ र बिक्रीदर ३७.९४ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०९ रुपैयाँ र बिक्रीदर १०.१३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४९.८२ रुपैयाँ र बिक्रीदर ४५१.७८ रुपैयाँ कायम भएको छ ।