बुधबार, असार ४,२०८२ 02:29:40
  • बुधबार, असार ४,२०८२ 02:29:40
Global IME Bank Limited

जापानको निर्यातमा तीव्र गिरावट

Hyundai Nepal
जापानको निर्यातमा तीव्र गिरावट
Nabil Bank Limited

काठमाण्डौ । व्यापार अनिश्चितताका कारण जापानको निर्यातमा तीव्र गिरावट आएको छ । मे महिनामा जापानको निर्यात गत वर्षको तुलनामा १.७ प्रतिशतले घटेको छ । यो गिरावट सन् २०२४ को सेप्टेम्बर पछिकै उच्च हो ।  

यद्यपी यो गिरावट अर्थशास्त्रीहरुले प्रक्षेपण गरेको ३.८ प्रतिशतको गिरावट भन्दा भने कम हो । जापानको व्यापार मन्त्रालयले जारी गरेको आँकडाअनुसार अमेरिकामा हुँदै आएको निर्यात निरन्तर ओरालो लाग्दै आएको छ । वार्षिका रुपमा अमेरिकी निर्यातमा ११.१ प्रतिशतको कमी आएको मन्त्रालयको तथ्यांकले देखाएको छ । यस्तै सबैभन्दा ठूलो व्यवसायिक साझेदार चीनमा हुने निर्यात पनि ८.८ प्रतिशतले घटेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैगरी जापानको विश्वव्यापी अटोमोबाइल निर्यातमा पनि ६.९ प्रतिशतको कमी आएको छ । एक वर्षको अवधिमा अमेरिकामा हुँदै आएको अटो निर्यात २४.७ प्रतिशतले खस्किएको छ ।  

जापानको कुल निर्यातमा कार निर्माताहरुको हिस्सा २८.३ प्रतिशत रहेको छ । निर्यातमा आएको कमीका कारण जापानको अर्थतन्त्र मार्च महिनामा अन्त्य भएको त्रैमासमा ०.२ प्रतिशतले संकुचित बनेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.