आईतवार, बैशाख ६,२०८३ 10:49:56
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 10:49:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अब भिजिट भिसामा जुनसुकै देश जान अनलाईबाटै आवेदन दिन मिल्ने

Bizshala
अब भिजिट भिसामा जुनसुकै देश जान अनलाईबाटै आवेदन दिन मिल्ने
Shivam Cement

काठमाण्डौ । नेपाली  युवाहरुले नेपालकै पहिलो अनलाईन भिसा एप्लिकेसन पोर्टल सञ्चालनमा ल्याएका छन् । ट्राभल ब्यावसायमा झण्डै एक दशक यता निरन्तर क्रियाशिल यूवा उद्यमीहरुले भिसा आवेदनका लागि अनलाईन पोर्टल निर्माण गरि सञ्चालनमा ल्याएका हुन् । नेपालबाट भिजिट भिसामा विश्वको जुनसुकै देशमा जानको लागि www.nepextravels.com को वेभसाईटमा गएर भिसा आवेदन दिन सकिन्छ ।  

‘नेपालबाट कुनै पनि देश जानका लागि वा कुनै पनि देश बाट नेपाल आउनका लागि भिसा आवेदन दिन सकिने यो पोर्टलले भिसा आवेदनका क्षेत्रमा रहेका धेरै समस्याहरुको पूर्ण समाधान गरेको छ’, नेपएक्स ट्राभल्सका संस्थापक संगम सिंह भन्छन्, ‘हामीले कुनै पनि देशको भिसा आवेदन केहि क्लिकमा सजिलै दिन सकिने गरि पोर्टलको निर्माण गरेका छौं ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

भिसा आवेदनका लागि आवश्यक पर्ने डकुमेन्ट चेक लिस्ट, ट्राभल आईटिनरी, एअरलाईन्स टिकट रिजर्भेसन नेपेक्सको अनलाईन पोर्टलबाट सजिलै तयार गर्न सकिनेछ भने र आवश्यक फि तथा सर्भिस चार्ज समेत अनलाईनबाटै तिर्न सकिन्छ ।

नेपालबाट भिजिट भिसामा विश्वको जुनसुकै देशमा जानको लागि www.nepextravels.com को वेभसाईटमा गएर भिसा आवेदन दिन सकिन्छ । तर यसको प्रभाव नेपाल आउने पर्यटकका लागि झन ठूलो भएको कम्पनीले जनाएको छ । नेपाल आएर अध्यागमनको लामो लाईनमा वसेर भिसा आवेदन दिई भिसा फि तिर्नुपर्ने ठूलो झञ्जटबाट यसले मुक्ति दिलाउने विश्वास कम्पनीको छ । नेपाल आउने कुनै पनि देशका पर्यटकले नेपएक्सट्राभल्स डट कम मार्फत इलेक्ट्रोनिक ट्राभल अथोराईजेसन (इटिए) लिएर सजिलै नेपाल प्रवेश गर्न सक्नेछन् । यसरी नेपएक्सट्राभल्स डट कमबाट इटिए लिंदा शुल्क समेत अनलाईनबाटै तिर्न सकिन्छ भने, अध्यागमनमा अधिकारीले विन झन्जट भिसा प्रिन्ट गरेर प्रवेश अनुमति दिनेछन् ।

‘यसले नेपालमा पर्यटन आउँदा नेपालको पहिलो अनुभव राम्रो दिलाउने मात्र होईन लामो यात्रा गरेर आएका पर्यटकलाई समय समेत बचत गराउनेछ’, नेपएक्स ट्राभल्सका संस्थापक सिंह भन्छन्, ‘यो पोर्टलले नेपालको पर्यटन क्षेत्रको विकासमा ठूलो मद्धत पुर्याउने हाम्रो विश्वास रहेको छ ।’

 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.