मंगलवार, आश्विन १३,२०८३ 06:33:22
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:33:22
Bizshala
Global IME Bank Limited

नयाँ गभर्नरको आगमनले पनि किन रोक्न सकेन सेयर बजारको ओरालो यात्रा ?

Bizshala
नयाँ गभर्नरको आगमनले पनि किन रोक्न सकेन सेयर बजारको ओरालो यात्रा ?
New Office

काठमाण्डौ । हाल देशको अर्थतन्त्रको अवस्था सन्तोषजनक नै छ । १४ महिनालाई पुग्ने झण्डै २५ खर्बबराबर विदेशी मूद्रा सञ्चिति रहेको छ । सेयर बजारलाई मुख्य प्रभाव पार्ने ब्याजदर पनि तल्लो विन्दुमा नै रहेको छ । हाल १ खर्ब २५ अर्ब बढी सेयर कर्जा प्रवाह भएको देखिन्छ । लामो रस्साकस्सी पछि नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर पनि आएका छन् ।  

पूँजी बजारका सबै नियामक निकायहरु धितोपत्र बोर्ड, नेप्से तथा सीडीएससीमा प्रमुख आइसकेका छन् । लगानीकर्ताहरुले यसअघि धेरै नरुचाएका भनिएका गभर्नर महाप्रसाद अधिकारी बिदा भएर प्रजातान्त्रिक धारबाट नयाँ गभर्नर प्रा.डा.विश्वनाथ पौडेल आएका छन् । उनी आए पछि मौद्रिक नीतिको समीक्षामा जोखिम भार घटाएर एक सयमा झारी दिएका छन् । तर सेयर बजारले खासै गति लिन भने सकेको छैन । पूँजीबजारमा जति–जति सकारात्मक समाचार आउछन् सेयर बजार त्यति नै तल–तल खस्दै गएको छ । लगानीकर्ताहरुले धेरे अपेक्षा गरेका व्यक्ति नै गभर्नर भएर आउदा र उनले सकारात्मक संन्देश दिँदा पनि सेयर बजारले किन गति लिन सकेन त ?

अर्थशास्त्री मुक्ति बहादुर खत्री भन्छन् ‘अहिले बजारमा ब्याजदर घटेको छ तर लगानीकर्ताहरुमा भरपर्दो विश्वास नै भएन । नीतिगत रुपमा स्पष्टता भएन । लगानीकर्ताहरुलाई करको विषयले संधै तर्साई नै रह्यो । गभर्नर तथ्यांकको आधारमा बोल्नु पर्छ र त्यही अनुसारको कार्यसम्पादन हुनुपर्छ । गभर्नरले गफ मात्रै गरेर हुँदैन । ’  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनी थप्दै भन्छन्, ‘अघिल्लो वर्ष अर्थमन्त्री आएपछि सेयर बजार बढेको थियो । विष्णु पौडेलसँग आशा थियो । त्यो अनुसार काम हुन सकेको छैन ।’ गभर्नर व्यवहारिक र उदारवादी हुुनुपर्ने खत्रि बताँउछन् । ‘अर्को बिषय भनेको अहिले हाम्रो बजारमा बढी कारोबारी हावी भए । देशको अर्थतन्त्रको बिकास  र कम्पनीको ग्रोथ हुन सकेको छैन । लगानीकर्ताहरुमा मेरो लगानीको सुरक्षा हुन्छ भन्ने नभएसम्म ठूलो लगानी बजारमा भित्रिन सक्दैन । त्यो अहिलेसम्म नभएको कारण नै अहिले सेयर बजारले लगानीकर्ताहरुले अपेक्षा गरे अनुरुप गति लिन सकेको छैन,’ उनले भने ।    

त्यसैगरि प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालले अहिले बजारमा सर्कुलर ट्रेडिङ भएको र लगानीकर्ताहरुमा आफ्नो लगानीको प्रतिफलमा बिश्वास नभएको कारण नै बजारले गति लिन नसकको बताए । ‘अहिले नेपालको सेयर बजारमा बल्क ट्रेडिङ भएको छ । बास्तिबिक कारोबार भएकै छैन ।  नियामक निकाय चुप लागेर बसेका छन् । नेपालको सेयरबजारमा कसैलाई कसैको डर भएन । त्यही कारण नै सेयरबजारले गति लिन नसकको हो, उनले भने । सेयर बजार यदि ग्रुपिङमा चल्ने हो भने भबिष्यमा नेपालको सेयर बजारबाट धेरै आशा गर्ने ठाँउ पनि नरेहेको उनको तर्क रहेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.