काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडका दुईजना सञ्चालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिको असार ६ गते बसेको बैठकले सञ्चालकहरु सुनिल प्रसाद राजभण्डारी र टिका प्रसाद उप्रेतीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
दुवै जनाको राजीनामा असार ६ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ । राजभण्डारीले असार ४ गते र उप्रेतीले असार ५ गते राजीनामा दिएका थिए ।