काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्षको ७ महिनासम्ममा पौने २५ अर्ब रुपैयाँको धितोपत्र निष्कासनका लागि अनुमति दिएको छ ।
बोर्डले माघ महिनासम्ममा विभिन्न कम्पनीहरुलाई कुल २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको साधारण सेयर, डिबेञ्चर, हकप्रद सेयर र म्युचुअल फण्ड जारी गर्न अनुमति प्रदान गरेको हो ।
जसमध्ये ९ अर्ब ८१ करोड रुपैयाँको साधारण सेयर ९आईपीओ०, ६ अर्ब २ करोड रुपैयाँको डिबेञ्चर, ५ अर्ब ४६ करोड रुपैयाँको हकप्रद सेयर र ३ अर्ब ५० करोड रुपैयाँको म्युचुअल फण्ड निष्कासन हुन अनुमति पाएको हो ।
त्यस्तै, माघ महिनासम्ममा नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा साढे ८२ अर्ब रुपैयाँको धितोपत्र सूचीकृत भएका छन् । विभिन्न कम्पनीहरुको आईपीओ, डिबेञ्चर, बोनस सेयर, हकप्रद सेयर र म्युचुअल फण्डको कुल ८२ अर्ब ५७ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको हो ।
जसमा ६५ अर्ब ८६ करोड रुपैयाँको आईपीओ, १० अर्ब ५९ करोड रुपैयाँको बोनस सेयर, ६ अर्ब १० करोड रुपैयाँको हकप्रद सेयर र ३ करोड रुपैयाँको एफपीओ रहेको छ ।