काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको अध्यक्षमा सरस्वती राई नियुक्त भएकी छन् । असार ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले राईलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै उक्त बैठकले कम्पनी सचिवमा लव उपाध्याय सापकोटालाई नियुक्त गर्ने निर्णय समेत गरेको छ । बैठकले यसअघिका कम्पनीका अध्यक्ष हिमाल गुरुङको राजीनमा सोही दिनदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।