काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल २२ हजार ६९६ कित्ता सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नुपर्नेछ । अन्यथा संस्थापकभन्दा बाहिर सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
सेयरको मूल्य बिक्रीकर्ता र खरिदकर्ताको आपसी समझदारीमा हुने जनाइएको छ ।