मंगलवार, आश्विन १३,२०८३ 06:32:59
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:32:59
Bizshala
Global IME Bank Limited

छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप

Bizshala
छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप
New Office

काठमाण्डौ । छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप गरिएएको छ । गत जेठ २३ गतेदेखि निष्काशित कम्पनीको हकप्रदमा असार १२ गतेसम्म आवेदन दिने समयावधि दिइएको थियो । तर अब यो कम्पनीको हकप्रदमा असार २७ गतेसम्म आवेदन दिन सकिने भएको छ ।  

कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माणको भुक्तानी गर्न, नुप्चे लिखु जलविद्युत आयोजनामा गरिएको ऋण रकम भुक्तानी गर्न र अन्य अल्पकालिन ऋण भुक्तानी गर्नका लागि हकप्रद निष्कासन गरेको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ २ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, जेठ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १२ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.