काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को कम्पनी सचिवमा रमेश पनेरु नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको ३१८ औं बैठकले पनेरुलाई कम्पनी सचिवको अतिरिक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
उनी हाल कम्पनीमा कामु प्रमुख प्रबन्धक(वित्त)का रुपमा कार्यरत छन् । उनलाई कम्पनी सचिवको रुपमा मासिक १५ ह जार ६२५ रुपैयाँ दिने निर्णय समेत उक्त बैठकले गरेको छ ।