काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नारायण बाबु लोहनीलाई पुनः नियुक्त गरिएको छ । असार १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लोहनीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई साउन १८ गतेदेखि लागू हुनेगरी पुनः सीईओ पदको जिम्मेवारी दिइएको हो । उनलको कार्यकाल ४ वर्षको हुनेछ ।