काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २९ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.१२ रुपैयाँ र बिक्रीदर १३२.७२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.५४ रुपैयाँ र बिक्रीदर १४५.२० रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.७१ रुपैयाँ र बिक्रीदर १७०.४९ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.४० रुपैयाँ र बिक्रीदर ८७.८० रुपैयाँ रहेको छ ।
एक जापानी येनको खरिददर ९.०१ रुपैयाँ र बिक्रीदर ९.०५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३५.९७ रुपैयाँ र बिक्रीदर ३६.१३ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २८.२१ रुपैयाँ र बिक्रीदर २८.३४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३०.२६ रुपैयाँ र बिक्रीदर ४३२.२१ रुपैयाँ कायम भएको छ ।