मंगलवार, फाल्गुन ५,२०८२ 03:59:40
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 03:59:40
Bizshala
Global IME Bank Limited

खातामा आएको दिनमै सेयर बेच्न फेरि बन्द, किन पछि हटे भेण्डर कम्पनी ?

खातामा आएको दिनमै सेयर बेच्न फेरि बन्द, किन पछि हटे भेण्डर कम्पनी ?
Shivam Cement

काठमाण्डौ । नयाँ टीएमएस लिएका ब्रोकरहरुबाट खातामा आएको दिनमै सेयर बेच्ने काम फेरि रोकिएको छ । एक ब्रोकरले दिएको जानकारी अनुसार यसअघि नयाँ टीएमएस लिएका ब्रोकरहरुले खातामा आएको दिनमै सेयर बेच्ने गरेका थिए । तर नयाँ टीएमएस लिएका केही ब्रोकरहरुले खातामा आएको दिनमै सेयर बेच्ने गरेको समाचार बाहिरिएपछि ब्रोकरहरुमा खैलाबैला मच्चिएको थियो ।  

ती ब्रोकरका अनुसार नयाँ टीएमएसमा रियल टाइम डेटा अपडेट हुने भएका कारण खातामा आएको दिनमै सेयर बेच्न मिलेको थियो । रियल टाइम अपडेट हुँदाको अवस्थामा किनेको सेयर मात्रै नभएर धितोमा राखेको सेयर पनि अनप्लेजेज भएको खण्डमा बेच्न सकिन्छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

तर पुरानो टीएमएसमा भने डेटा अपडेट हुन एक दिन लाग्ने भएका कारण हाल लगानीकर्ताहरुको खातामा एक दिन सेयर रहने गरेको छ । रियल टाइम तथ्यांक अपडेट हुने टीएमएसबाट केही टाठाबाठा लगानीकर्ता र ब्रोकरहरुले २ दिनमा नै सेयर बेचेका थिए भने पुरानो टीएमएस चलाउनेहरुले तिन दिनमा सेयर बेच्न मिल्ने गरेको थियो ।

सीडीएसीले भने खातामा आएको दिनमै सेयर बेच्न मिल्ने बताँउँदै आएका छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले लगानीकर्ताले आफूसँग भएको सेयर बेच्न धितोपत्र ऐनले नरोकेको प्रतिक्रिया दिए । यस हिसाबले धितोपत्र ऐन अनुसार खातामा आएको दिनमा नै सेयर बेच्न कानूनी कुनैपनि अड्चन देखिदैन ।  

तर पछिल्लोपटक पुरानो टीएमएसको भेण्डर कम्पनी वाईको कम्पनीले रियल टाइममा अपडेट गर्न नसक्दा पुरानो टीएमएस लिनेले खातामा सेयर आएको दिनमा नै सेयर बेच्न सकेका छैनन् । त्यसैगरि नयाँ टीएमएसको भेण्डर कम्पनी डीजीहब पनि पछि हटेको कारण खातामा आएको दिनमै सेयर बेच्नबाट लगानीकर्ता बञ्चित भएको कालिका सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर) ४६ का सञ्चालक नरेन्द्र सिजापतिले जानकारी दिए ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.