मंगलवार, कार्तिक ३,२०८३ 07:51:42
  • मंगलवार, कार्तिक ३,२०८३ 07:51:42
Global IME Bank Limited

एनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य, बैंकका ग्राहकलाई २२ आउटलेटमा विशेष छुट

Bizshala
एनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य, बैंकका ग्राहकलाई २२ आउटलेटमा विशेष छुट
New Office

काठमाण्डौ। एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधाहरू प्रदान गर्ने उद्देश्यले देशभर फैलिएका सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा विशेष छुट प्रदान गर्ने गरी विशेष सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै अब एनआईसी एशिया बैंकका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटी अन्तर्गत सञ्चालित मुलुकभर फैलिएका होटल तथा रेस्टुरेन्टहरूमा २० प्रतिशतसम्मको विशेष छुट उपभोग गर्न सक्नेछन् ।  

 यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले खाद्य तथा पेय पदार्थमा अधिकतम १० प्रतिशत र आवास सेवा (एकोमोडेसन)मा अधिकतम २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा सिद्धार्थ हस्पिटालिटीका मुलुकभर फैलिएका २२ वटा आउटलेटहरुमा उक्त सुविधा प्रयोग गर्न सक्नेछन् ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

छुट लागू हुने सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूः

 १. सिद्धार्थ होटल न्यू आनन्द, महेन्द्रनगर

२. सिद्धार्थ होटल, टिकापुर, कैलाली

३. सिद्धार्थ विलासा, भैरहवा

४. होटल सिद्धार्थ, नेपालगञ्ज

५. सिद्धार्थ कटेज, बुटवल

६. सिद्धार्थ होटल वाटर टावर, नुवाकोट

७. सिद्धार्थ होटल ग्राण्ड सिटी, बिर्तामोड

८. सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाण्डौ

९. सिद्धार्थ सनी रिसोर्ट, सुर्खेत

१०. सिद्धार्थ रिसोर्ट, चिसापानी, कैलाली

११. सिद्धार्थ होटल, नारायणघाट

१२. सिद्धार्थ वाइल्डलाइफ रिट्रिट, मेघौली

१३. सिद्धार्थ विलासा बन्दास, सौराहा

१४. सिद्धार्थ रिभरसाइड रिसोर्ट, चुम्लिङटार

१५. सिद्धार्थ कटेज रेस्टुरेन्ट, नेपालगञ्ज

१६. सिद्धार्थ कटेज रेस्टुरेन्ट, धोबीघाट

१७. सिद्धार्थ फूडल्याण्ड, पुरानो बानेश्वर

१८. सिद्धार्थ कटेज रेस्टुरेन्ट, तीनकुने

१९. सिद्धार्थ कटेज, योगिकुट्टी, बुटवल

२०. एस क्याफे, नेपालगञ्ज

२१. एस क्याफे, सुविधानगर, तीनकुने, काठमाण्डौ

२२. एस क्याफे, लगनखेल, ललितपुर

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.