काठमाण्डौ । विकाश हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आईपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।
कम्पनीको आईपीओ १० कित्ताका दरले २ लाख ९४ हजार २७६ जनाले प्राप्त गरेका छन् । आइपीओ पाएका लगानीकर्ताहरुमा कम्पनीको सेयरले पहिलो कारोबारको लागि कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ ।
कम्पनीको आइपीओ पहिलो कारोबारका लागि ९७.४३ रुपैयाँदेखि अधिकतम २९२.२९ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको आइपीओलाई पहिलो कारोबारको लागि सो कम्पनीको वास्तविक प्रतिशत सेयर नेटवर्थको आधारमा तीनगुणासम्म मूल्य तोक्ने गर्दछ ।
कम्पनीको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ ९७.४३ रुपैयाँ रहेको छ । उक्त नेटवर्थ आव २०८३/८४ सम्म १२९.६२ रुपैयाँसम्म पुग्ने कम्पनीको प्रक्षेपित छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।