मंगलवार, आश्विन १३,२०८३ 07:08:59
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:08:59
Bizshala
Global IME Bank Limited

असारको क्लोजिङ देखाएर दबाब दिन थालेपछि ‘ब्रोकरलेस सेवा’माग्दै लगानीकर्ता, के भन्छन् ब्रोकर ?

Bizshala
असारको क्लोजिङ देखाएर दबाब दिन थालेपछि ‘ब्रोकरलेस सेवा’माग्दै लगानीकर्ता, के भन्छन् ब्रोकर ?
New Office

काठमाण्डौं । केही लगानीकर्ता संघका नेताहरुले पुनः ब्रोकरलेस सेवाको माग गरेका छन् । राजधानीको एक लगानीकर्ता संघका नेता  समेत रहेका ति लगानीकर्ताले बिजशालासँग आज धेरैजसो लगानीकर्तालाई ब्रोकरहरुले जबरजस्ति सेयर बेच्न लगाएको बताए ।  

‘यो अवस्था देख्दा त बजार आज रातोमा नै बन्द हुन्छ भन्ने थियो, ती लगानीकर्ताले भने, ‘बेला–बेला ब्रोकरले लगानीकर्तालाई निकै पीडा दिएका छन् । एक बराबर ४ कोल्याट्रल पनि दिएका छैनन् । धितोपत्र विनियमावलीमा भएको सुबिधा पनि भीख मागे झै माग्नु परेको छ । कमोडिटिज बजार र पूँजीबजार भनेको लिभरेजमा नै चल्ने हो । हामी ब्रोकरदेखि निकै दिक्क भएका छौं ।’

उनले थप्दै भने, ‘अब पहिले हामी हाम्रै संघहरु भित्र यस विषयमा गम्भिर छलफल गर्छौ । त्यसपछि धितोपत्र बोर्ड र नेप्सेसँग पनि यो विषयमा छलफल गर्नेछौ । लगानीकर्ताहरुलाई सामान्य लिभरेज पनि दिन सक्दैनन् र सधैं दबाब दिने हो भने ब्रोकर किन चाहियो ? त्यसैले अब ब्रोकरलेस सेवा सुरु गर्नुपर्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

के भन्छन् ब्रोकर ?

तर ब्रोकरहरु भने लगानीकर्ताको आरोप स्विकार गर्न तयार छैनन् । राजधानीकै एक ब्रोकरले भने ‘हामीले संधै लगानीकर्ता साथीहरुलाई त्यसरी पीडा दिएका छैनौं । ३६५ दिनमा ४ दिन हामीलाई पनि साथीहरुले बुझिदिनु पर्छ । अहिलको समय असारको क्लोजिङको समय हो । हामीले पनि बैंकको हिसाब मिलाउनु पर्छ ।’  

किन देखियो समस्या ?

कारोबारीको बीच लेनदेनको विषयमा मध्यस्तता गर्न नै ब्रोकर राखिएको हो । अर्को शब्दमा भन्नुपर्दा किन्नेले सेयर र बेच्नेले पैसा समयमा नै भुक्तानी गरोस् भनेर नै ब्रोकर राखिएको हुन्छ । विश्वका सेयर बजारमा पैसाको समस्या समधानको लागि सेटलमेन्ट ग्यारेन्टी फण्ड हुन्छ ।  

जहाँ ब्रोकरहरुलाई कुनै भुक्तानी आवश्यक परेमा निश्चित ब्याजमा उक्त फण्ड प्रयोग गर्न सक्छन । यस्तै, केही गरि बेचेको सेयर लगानीकर्ताबाट भुक्तानी हुन नसकेको अवस्थामा अक्सन बजारको व्यबस्था हुनेगर्छ । 

तर बिडम्बनाको विषय नेपालको ३१ वर्षको इतिहासमा यी दुवै विषय ओझेलमा पर्दा लगानीकर्ता र ब्रोकरबीच बेला–बेला नोकझोक चल्दै आएको छ ।  हाल ब्रोकरहरुसँग सेटलमेन्ट फण्डका लागि झण्डै १० करोड रुपैयाँ निष्क्रिय रहेको ब्रोकरहरुले बताउँदै आएका छन् । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.