काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको ६९।८९ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको ६९ प्रतिशत अर्थात् १ः६९८९ अनुपातमा कुल १ करोड २८ लाख ५२ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद निष्कासनको लागि अनुमति पाइसकेको छ । अब कम्पनीले थप प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।