बिहीबार, बैशाख ३१,२०८३ 09:09:07
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:09:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अरुण सेक्युरिटीजले सञ्चालनमा ल्यायो आफ्नो नयाँ टिएमएस, मार्जिन कारोबारमा सहज हुने

Laxmi Sunrise Bank Limited
अरुण सेक्युरिटीजले सञ्चालनमा ल्यायो आफ्नो नयाँ टिएमएस, मार्जिन कारोबारमा सहज हुने
Shivam Cement

काठमाण्डौ । अरुण सेक्युरिटीज(स्टक ब्रोकर न.३)ले नयाँ टिएमएस सञ्चालनमा ल्याएको छ । नेपाल धितपत्र बोर्डले भर्खरै गरेको धितोपत्र व्यावसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमवली २०६४ को छैठौँ संशोधन पश्चात् २० करोड चुक्तापुँजी हुने सबै धितोपत्र ब्रोकरहरूले मार्जिन लेन्डिङ सेवा दिन पाउने व्यवस्था भएसँगै हालको धितोपत्र खरिद बिक्री सेवा सहित मार्जिन कारोबार सेवा प्रदान गर्नका लागि अरुण सेक्युिरिटज एट्रेडमा जोडिएको हो ।  

डीजीहबले सञ्चालनमा ल्याएको अत्याधुनिक नयाँ टीएमएस एट्रेडमा लगानीकर्ताले कारोबार गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको सुविधा प्राप्त गर्नुका साथै मार्जिन कारोबार गर्ने सुविधा प्राप्त गर्नेछन । यसका साथै यो टीएमएसमा जोडिने ग्राहकहरूले आफ्नो सेयर बिक्री गर्नासाथ बिक्री गरेको रकमबराबर कारोबार लिमिट प्राप्त गर्न सक्नेछन् ।

यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)अन्तर्गतको टीएमएसबाट कारोबार सञ्चालन गरिरहेको अरुण सेक्युिरिटजले अहिले सञ्चालनमा रहेको टिएमएसमा मार्जिन कारोबार सुविधा नभएकोले आगामी दिनहरुमा मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याउन आजदेखि डीजीहबको एट्रेड अन्तर्गत आफ्नो कारोबार गर्ने जानकारी ब्रोकरले गराएको छ । अरुण सेक्युिरिटजले नेप्से अन्तर्गतको टीएमएससँग आफ्नो सम्झौता रद्द गरी आजदेखि आफ्ना ग्राहकहरुलाई डीजीहबको टीएमएस अन्तरगत कारोबार गराउन लागेको जानकारी दिएको हो ।

Bizshala
New Office
CG Motors

हाल अरुण सेक्युिरिटजमा करिब २ लाख लगानीकर्ताले ब्रोकर खाता खोली सेयर कारोबार गर्दै आएका छन् । आजदेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउनेछन्।

एट्रेडमा टिएमएसमा लगानीकर्ताले वेवबाट, डेक्सटपबाट तथा मोबाइल एपलगायतबाट सेयर कारोबार गर्न सक्नेछन् । उक्त टीएमएसमार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो लाईभ हेर्न पाउनुका‌साथै लाईभ डाटालगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गर्न सक्नेछन् । उक्त टीएमएसमा कारोबारको पारदर्शिता,  सिस्टमको सुरक्षा तथा कारोबार डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतलाई समेत विशेष प्राथमिकता दिइएको ब्रोकरले जनाएको छ ।

नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका बिशेषतहरुमाः

१ मोबाईल भर्सन  

२ वेब भर्सन  

३ डेस्कटप भर्सन रहेको छ 

अन्य अपरेसनल बिशेषतहरुमाः

१.सेयर बिक्री गर्ने बित्तिकै सोही बराबरको रकमले सेयर खरिद गर्न सकिने र तेस्को लागि ब्रोकर लाई भनी राख्नु नपर्ने 

२.आफ्नो लेजर ब्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाइने 

३.एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने 

४.अर्डर बास्केट   

५.आफुले चाहेको सेयरमा अलेर्ट राख्न सकिने 

६. रियल टाईममा खरिद बिक्री को अलेर्ट प्राप्त गर्न सकिने

७.सजिलो र छिटो अर्डर राख्न सकिने 

८.आफ्नो चहे अनुसार जती पनि सेयरको मर्केट डेप्थ हेर्न पाइने 

९.लिन्क एन्ड डक फिचर्स भएको 

१० मल्टी विन्डो फिचर्स भएको         

११. मल्टी एक्सचेन्ज फिचर्स भएको 

१२. सेयर खरिद बिक्री पछीको हिसाबकिताब र अरु रिपोर्ट हेर्नको लागि क्लाइन्ट लगिनको ब्यबस्था भएको 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.