मंगलवार, भाद्र २४,२०८२ 11:59:22
  • मंगलवार, भाद्र २४,२०८२ 11:59:22
Global IME Bank Limited

एक वर्षपछि सिमेट्रिकल ट्रयाङ्गलमा बन्यो ‘अपसाइड ब्रेक आउट’, अबको टार्गेट कति?

Hyundai Nepal
एक वर्षपछि सिमेट्रिकल ट्रयाङ्गलमा बन्यो ‘अपसाइड ब्रेक आउट’, अबको टार्गेट कति?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर  कारोबार भएको थियो  ।  यो साता ५ दिनको कारोबारमा बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो  । अघिल्लो साता २ हजार ७३१.८ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ८७०.६३ को विन्दुमा बन्द भयो  ।  

यस हिसाबले यो साता नेप्सेमा १३९ अंकको सुधार आयो । अघिल्लो साता भने २८ अंकले बजार बढेको थियो । यो साता बजारमा ५९ अर्ब ६३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । अघिल्लो साता भने ४१ अर्ब ५८ करोडबराबरको सेयर कारोबार भएको थियो । यस हिसाबले यो साता बजारमा कारोबार र सूचक दुवैमा बढोत्तरी आयो ।  

यो साता बजार बढ्दा बजार पूँजीकरण ४७ खर्ब ८३ अर्ब पुग्यो । अघिल्लो साता यस्तो बजार पूँजीकरण  ४५ खर्ब ५१ अर्ब कायम थियो । यस हिसाबले यो साता बजार बढ्दा लगानीकर्ताहरुको सम्पति २ खर्ब ३२ अर्बले बढ्यो ।  

प्राविधिक पक्षः  

सिमेट्रिकल ट्रयाङ्गलको आधारमा  

विगत एक वर्षदेखि साइडवेज चलेको बजारले यो साता एउटा दिशा निर्धारण गरेको देखिन्छ । बजारलाई सिमेट्रिकल प्याटर्नबाट नियाल्दा एक वर्षपछि यो साता अप साइड ब्रेक आउट गरेको छ । अर्थात बजारले अप साइड पुल ब्याक गरेको रुपमा पनि बुझ्न सकिन्छ । यस आधारमा कारोबारीहरुले बजारको अबको टार्गेट सेट गर्न सक्नेछन् ।  

यस्तो टार्गेट सेट गर्दा डिसेन्डिङ लाइनको उच्च विन्दु र एसेन्डिङ लाइनको न्यून विन्दुको दुरी निकालिन्छ । त्यसबराबर नै ब्रेक आउटबाट दुरी नापेर नजिकको टार्गेट सेट गर्न सकिन्छ । जस्तो उदाहरणका लागि नेप्से ३ हजारको विन्दुबाट २४४० सम्म खसेर ५६० प्वन्टको दुरी बनाएको देखिन्छ ।  

जसमा यो साता २७४० को विन्दुबाट अप साइड ब्रेक आउट गरको छ । अब २७४० विन्दुमा ५६० विन्दु जोड्दा बजारको अबको न्यूनतम टार्गेट  करिब ३४ सयको विन्दु हुन आँउछ । यस हिसाबले बजारमा कारोबारीहरुले अबको एक वर्षभित्रमा पहिलो टार्गेट करिब ३४ सय र त्यसपछिको टार्गेट ४ हजार ६० आसपाससम्म राख्न सक्ने छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा लामो समय मध्य ब्याण्ड सँगै हिडेको बजारले यो साता अपर ब्याण्ड सँगै हिड्न थालेको देखिन्छ । म्याक्डीमा पनि बुलिस क्रसओभर बनाएको देखिन्छ ।  

यो सँगै हिस्टोग्राम पनि सकारात्मक बन्दै गरेको देखिन्छ । आरएसआई पनि हाल ६३ को तहमा बुलिस सेन्टिमेन्टमा चलेको छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८५२

प्रतिरोध २ – २७८९

प्रतिरोध १–  २७१०

पिभट् प्वइन्टः २६४७

घटेमा सपोर्ट

सपोर्ट १– २५६८

सपोर्ट २– २५०५

सपोर्ट  ३ –२४२६

निष्कर्षः पाँच दिन कारोबार भएको यो साता सेयर बजारमा १३९ अंकको सुधार आयो । अघिल्लो साता बजारमा २८ अंकको सुधार आएको थियो । यो साता बजारमा कारोबार र सूचक दुबैमा सुधार आएको छ । स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा अघिल्लो साता ‘इन्टरनल चेञ्ज अफ क्यारेक्टर’ भएको बजारमा यो साता एक्ट्रनल ‘चेञ्ज अफ क्यारेक्टर’ बनाएको छ ।  

त्यसैगरि, सिमेट्रिकल ट्याङ्गल प्याटर्नबाट नियाल्दा बजारले एक वर्षपछि भोल्युम सहित अप साइड ब्रेक आउट गरेको देखिन्छ । साप्ताहिक चार्ट म्याक्डीमा पनि बुलिस क्रसओभर देखिन्छ । यी सबैबाट नियाल्दा बजारले प्रष्ट रुपमा बुलिस यात्रा तय गरेको बुझिन्छ ।  

क्षेत्रगत रुपमा यो साताको बजारलाई नियाल्दा यो साता सबै समूहमा हरियाली छायो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.