शुक्रबार, असार २६,२०८३ 06:58:26
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 06:58:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जापानमा वर्तमान सरकारले गुमायो बहुमत, शिगेरु इसिबा प्रधानमन्त्री पदमा भने यथावत रहने

Laxmi Sunrise Bank Limited
जापानमा वर्तमान सरकारले गुमायो बहुमत, शिगेरु इसिबा प्रधानमन्त्री पदमा भने यथावत रहने

काठमाण्डौ । जापानमा आइतबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले संसदको माथिल्लो सदनमा बहुमत ल्याउन असफल भएको छ । जसका कारण प्रधानमन्त्री शिगेरु इसिबाको राजनीतिक अवस्था थप चुनौतीपूर्ण बनेको छ ।

New Office
CG Motors
Garima Development Bank

लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) नेतृत्वको गठबन्धनले २४८ सदस्यीय माथिल्लो सदनमा जम्मा ४७ सिट मात्र ल्याएको छ, जुन बहुमतका लागि आवश्यक ५० सिटभन्दा कम हो।

जापानको संसदीय प्रणालीमा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ। सत्तारुढ गठबन्धनले गत वर्षको अक्टोबरमा तल्लो सदनमा आफ्नो बहुमत गुमाएको थियो।

तर, प्रधानमन्त्री इसिबाले भने आफू पदमै रहने स्पष्ट पारेका छन् । उनले अमेरिकासँगको प्रस्तावित व्यापार सम्झौतालाई यसको श्रेय दिए। ‘जापानले अगस्ट १ सम्ममा अमेरिकासँगको व्यापार सम्झौतालाई अन्तिम रूप दिनुपर्छ। यो मेरो प्राथमिक जिम्मेवारी हो,’ इशिबाले भने।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.