बुधबार, भाद्र २५,२०८२ 10:24:09
  • बुधबार, भाद्र २५,२०८२ 10:24:09
Global IME Bank Limited

अध्यक्षबिनै अघि बढ्ने भयो ‘एसएमई प्लेटफर्म’, आवेदन भने अहिलेबाटै दिन सकिने

Hyundai Nepal
अध्यक्षबिनै अघि बढ्ने भयो ‘एसएमई प्लेटफर्म’, आवेदन भने अहिलेबाटै दिन सकिने

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले साना तथा मझौला कम्पनीहरुको प्लेटफर्म ‘एसएमई’ सम्बन्धी विनियमावली अघि बढाउने भएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले दिएको जानकारीअनुसार एसएमई प्लेटफर्मको विषयमा नेप्सेको बोर्डमा एक–दुई पटक छलफल भएको छ । यससँगै नेप्सेले तयार पारेको विनियमावली सञ्चालक समितिमा पेश हुनेछ ।  

हाल नेप्सेको अध्यक्ष पद रिक्त छ । अध्यक्ष नभएता पनि हालका सञ्चालकहरु मध्येबाट नै अध्यक्षता गरेर एसएमइ प्लेटफर्म अघि बढाउने पनि प्रवक्ता पराजुलीले जानकारी दिए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

धितोपत्र नियामवलीमा एसएमई प्लटफर्म अन्तर्गत आईपीओका लागि ५०० कित्ताका लागि आवेदन दिनुपर्ने उल्लेख छ ।  त्यही अनुसार दोस्रो बजारमा पनि ५०० कित्ताको नै खरिद÷बिक्री गर्नु पर्ने हुन्छ । यसको अर्थ आईपीओमा आवेदन दिने ५ सय कित्ता अनुसार नै दोस्रो बजारमा सेयर कारोबार हुने पराजुलीले प्रष्ट पारे ।  

उनका अनुसार एसएमईमा छुट्टै प्लेटफर्म नहुन पनि सक्ने बताए ।  उनले भारतमा छुट्टै प्लेटफर्म नरहेको र नेपालमा पनि नहुन सक्ने बताए । एसएमई कोरोबारका लागि म्याचिङ इन्जिन हालकै हुने तर ट्रेडिङ सिस्टम भने नयाँ हुनसक्ने प्रवक्ता पराजुलीले भने ।  

प्रवक्ता पराजुलीले इच्छुक संस्थाले धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि अहिले नै आवेदन दिन सक्ने पनि बताए ।  

एसएमईसम्बन्धी नियमावली लागू भएसँगै २५ करोड रुपैयाँभन्दा कम चुक्तापूँजी भएका सार्वजनिक निष्कासन गर्नेछन् । यस्ता कम्पनीहरुलाई चुक्तापूँजीको ३० देखि ४९ प्रतिशतसम्म सर्वसाधारणमा आईपीओ जारी गर्न दिइने व्यवस्था गरिएको छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.