मंगलवार, भाद्र २,२०८३ 07:17:09
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 07:17:09
Bizshala
Global IME Bank Limited

अध्यक्षबिनै अघि बढ्ने भयो ‘एसएमई प्लेटफर्म’, आवेदन भने अहिलेबाटै दिन सकिने

अध्यक्षबिनै अघि बढ्ने भयो ‘एसएमई प्लेटफर्म’, आवेदन भने अहिलेबाटै दिन सकिने
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले साना तथा मझौला कम्पनीहरुको प्लेटफर्म ‘एसएमई’ सम्बन्धी विनियमावली अघि बढाउने भएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले दिएको जानकारीअनुसार एसएमई प्लेटफर्मको विषयमा नेप्सेको बोर्डमा एक–दुई पटक छलफल भएको छ । यससँगै नेप्सेले तयार पारेको विनियमावली सञ्चालक समितिमा पेश हुनेछ ।  

हाल नेप्सेको अध्यक्ष पद रिक्त छ । अध्यक्ष नभएता पनि हालका सञ्चालकहरु मध्येबाट नै अध्यक्षता गरेर एसएमइ प्लेटफर्म अघि बढाउने पनि प्रवक्ता पराजुलीले जानकारी दिए ।  

Bizshala
CG Motors

धितोपत्र नियामवलीमा एसएमई प्लटफर्म अन्तर्गत आईपीओका लागि ५०० कित्ताका लागि आवेदन दिनुपर्ने उल्लेख छ ।  त्यही अनुसार दोस्रो बजारमा पनि ५०० कित्ताको नै खरिद÷बिक्री गर्नु पर्ने हुन्छ । यसको अर्थ आईपीओमा आवेदन दिने ५ सय कित्ता अनुसार नै दोस्रो बजारमा सेयर कारोबार हुने पराजुलीले प्रष्ट पारे ।  

उनका अनुसार एसएमईमा छुट्टै प्लेटफर्म नहुन पनि सक्ने बताए ।  उनले भारतमा छुट्टै प्लेटफर्म नरहेको र नेपालमा पनि नहुन सक्ने बताए । एसएमई कोरोबारका लागि म्याचिङ इन्जिन हालकै हुने तर ट्रेडिङ सिस्टम भने नयाँ हुनसक्ने प्रवक्ता पराजुलीले भने ।  

प्रवक्ता पराजुलीले इच्छुक संस्थाले धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि अहिले नै आवेदन दिन सक्ने पनि बताए ।  

एसएमईसम्बन्धी नियमावली लागू भएसँगै २५ करोड रुपैयाँभन्दा कम चुक्तापूँजी भएका सार्वजनिक निष्कासन गर्नेछन् । यस्ता कम्पनीहरुलाई चुक्तापूँजीको ३० देखि ४९ प्रतिशतसम्म सर्वसाधारणमा आईपीओ जारी गर्न दिइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.