सोमबार, पुष ८,२०८१ 08:07:30
IME remit
  • सोमबार, पुष ८,२०८१ 08:07:30
IME remit
Global IME Bank Limited

स्मार्टफोन बजारमा माइक्रोसफ्टले पुनरागमन गर्दै, बढ्यो एप्पल र सामसुङको चिन्ता

Hyundai Nepal
स्मार्टफोन बजारमा माइक्रोसफ्टले पुनरागमन गर्दै, बढ्यो एप्पल र सामसुङको चिन्ता
Nabil Bank Limited

काठमाण्डौ । वर्तमान समयमा स्मार्टफोन बजारमा एन्ड्रोइड र एप्पलको दबदबा रहेको छ । गूगलको एन्ड्रोइड र एप्पलको आईओएस प्लेटफर्ममा स्मार्टफोनत आधारित छ ।  

यस्तोमा अब माइक्रोसफ्टको नयाँ फोल्डेबल स्मार्टफोन ल्याउने तयारी गरेको छ । तर माइक्रोसफ्टको नयाँ स्मार्टफोन कुन प्लेटफर्ममा आधारित हुनेछ भन्ने बारे भने केहि पनि जानकारी सार्वजनिक भईसकेको छैन ।  

Bizshala
Shivam Cement
CG Motors

यसअघि पनि माइक्रोसफ्टले एन्ड्रोइड पावर्ड ‘सरफेस डुओ’ सीरीज लञ्च गरेको थियो । तर कम्पनीले डुओ टु लाइनअप पश्चात स्मार्टफोनलाई डिस्कन्टीन्यू गरेको थियो । डुओलाई कम्पनीले सन् २०२१ सेप्टेम्बर २२ मा लञ्च गरेको थियो । यसको मूल्य १ हजार ३३९ डलर तोकिएको थियो । तर यसलाई सन् २०२३ मा बन्द गरिएको थियो ।  

आफ्नो पहिलो स्मार्टफोन बन्द गरेपनि कम्पनीले नयाँ फोन बनाउने प्रयास भने रोकेको छैन । यो वर्ष फेब्रुअरी महिनामा अमेरिकाको प्याटेन्ट एण्ड ट्रेडमार्क अफिसमा नयाँ प्याटेन्ट पेश गरिएको छ । रिपोर्टमा कम्पनीले नयाँ फोल्डेबल तथा ड्युअल डिस्प्ले मोबाइल लञ्च गर्न सक्ने जनाइएको छ । कम्पनीले यो नयाँ फोन कन्सेप्ट सिंगल हिंज टेक्नोलोजीसँग सहकार्य गरेर ल्याउने जनाइएको छ ।  

यो फोन पानीबाट सुरक्षित हुने जनाइएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.