मंगलवार, बैशाख ८,२०८३ 02:29:48
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 02:29:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अटो बजारमा बढ्दै ईभीको हिस्सा, कसको अवस्था कस्तो ?

Bizshala
अटो बजारमा बढ्दै ईभीको हिस्सा, कसको अवस्था कस्तो ?
Shivam Cement

काठमाण्डौ । सन् २०२३ विद्युतीय कार(ईभी)का लागि विशेष रह्यो । विश्व बजारमा टेस्ला, बिवाईडी र जीएसी एओन जस्ता कम्पनीको दबदबा रह्यो ।  

ब्याट्री इलेक्ट्रिक भेइकल(बीईभी) र प्लग–इन हाईब्रिड(पीएचईभी) सहितका नयाँ इभीको बिक्री ३५ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा विश्व बजारमा १ करोड ३० लाख युनिट विद्युतीय कार बिक्री भएका छन् ।  

डिसेम्बर महिनामा मात्रै प्लग–इन मोडलका ईभी कारको बिक्री २२ प्रतिशतले वृद्धि भएको थियो भने बीईभीको १५ प्रतिशत वृद्धि भएको थियो । विश्व अटो बजारमा ईभीको हिस्सा १६ प्रतिशत पुगेको छ । जुन सन् २०२२ मा १४ प्रतिशत रहेको थियो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

इभी बजार चिनिया कम्पनीहरुको बर्चस्व वृद्धि हुँदै गइरहेको छ । चिनिया कम्पनीहरु बिवाईडी, जीएसी एओन, एसएआईसी–जीएम–उलिङ र एमजी जस्ता ब्राण्ड विश्व ईभी बजारमा उदाएका छन् ।

सन् २०२३ मा विश्व ईभी बजारमा सबैभन्दा धेरै बजार हिस्सा ओगट्ने ब्राण्ड यी हुन्:

१. टेस्ला

गत वर्ष टेस्लाले विश्व ईभी बजारमा १९.९ प्रतिशत बजार हिस्सा ओगटेको छ । यस वर्ष टेस्ला मोडल वाईका १२ लाख ११ हजार ६०१ कार रजिष्ट्रेशन भएका थिए । जसका कारण यो नयाँ ईभी र समग्र नयाँ कार बजारमा वेस्ट सेलिङ मोडल बन्न सफल भएको छ । टेस्लाको बीईभीको डेलिभरी ५७ प्रतिशतले वृद्धि भएको छ । सन् २०२४ मा पनि यो क्रसओभर मार्केट लिडरका रुपमा रहने अपेक्षा गरिएको छ । कम्पनीले गत वर्ष १८ लाख युनिट बढी कार बिक्री गरेको छ ।

२. बिवाईडी  

सबैभन्दा धेरै बजार हिस्सा ओगट्नेको सूचीमा बिवाईडीले दोस्रो स्थान कब्जा गरेको छ । सन् २०२३ बिवाईडीका लागि विशेष रह्यो । विशेष यस अर्थमा कि कम्पनीले चौथो त्रैमासमा कार बिक्रीमा टेस्लालाई पछि पारेको थियो । कम्पनीले चौथो त्रैमाससम्म ५ लाख २६ हजार युनिट कार बिक्री गरेको थियो । टेस्लाले भने ४ लाख ८५ हजार युनिट कार बिक्री गरेको थियो ।  

सन् २०२३ मा बिआईडीको बजार हिस्सा १७.१ प्रतिशत रहेको छ । यस वर्ष कम्पनीले ६ लाख ३६ हजार ५३३ रजिष्ट्रेशन गरेको छ । जुन सन् २०२२ को तुलनामा ३३ प्रतिशतले धेरै हो । बिआईडीले विदेशमा कारको निर्यात बढाएको छ । कम्पनीले सन् २०२३ मा इजरायलमा १५ हजार युनिट,ब्राजिलमा १८ हजार र थाइल्याण्डमा ३० हजार युनिट कार निर्यात गरेको छ ।  

३.जीएसी एओन

जीएसी एओन पनि चिनीया ब्राण्ड हो । सन् २०२३ मा कम्पनीको बजार हिस्सा ५.२ प्रतिशत रहेको छ । यस वर्ष कम्पनीले ४ लाख ८४ हजार युनिट कार बिक्री गरेको छ । तर कम्पनीको यो व्यवसाय लामो समय टिक्न भने निर्क संघर्ष गर्नुपर्ने देखिएको छ । कम्पनीले आफ्नो ए र वाई मोडललाई रेप्लिकेट गर्ने उपाय पहिल्याउन सकेको छैन ।  

त्यस्तै अर्को चिनीया कम्पनी एसएआईसी जीम उलिङको बजार हिस्सा ४.९ प्रतिशत रहेको छ । कम्पनीले सन् २०२४ मा ७ लाख कार बिक्री गर्ने लक्ष्य राखेको छ ।  

जर्मनीको अटो निर्माता कम्पनी भोल्सवागेनको बजार हिस्सा ४.६ प्रतिशत,बीएमडब्लूको ३.६ प्रतिशत,हुन्डाईको २.९ प्रतिशत,मर्सिडिज बेन्जको २.६ प्रतिशत एमजीको २.३ र कियाको २ प्रतिशत बजार हिस्सा रहेको छ ।  

सन् २०२४ मा ईभी बजार झनै प्रतिष्पर्धात्मक हुने देखिन्छ । विशेष गरेर टेस्ला र बिवाईडीबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.