मंगलवार, आश्विन २८,२०८२ 06:15:12
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 06:15:12
IME remit
Global IME Bank Limited

दुईवटा ‘आईजिन’को विषयमा सीडीएससी सञ्चालकहरुबीच बाझियो मत, के गर्ला धितोपत्र बोर्ड ?

Hyundai Nepal
दुईवटा ‘आईजिन’को विषयमा सीडीएससी सञ्चालकहरुबीच बाझियो मत, के गर्ला धितोपत्र बोर्ड ?
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय धितोपत्र बजार, आईजिन अर्थात ‘इन्टरनेसनल सेक्यूरिटिज आइडेन्टिफिकेसन नम्बर(आईजिन)’को विषयले तात्तिएको छ । धितोपत्र बोर्ड , नेप्से र सीडीएससीमा नयाँ नेतृत्व आएपछि केही नयाँ विषय पनि आएका छन् । खासगरि सीडीएससीले संस्थापक र सर्वसाधारण सेयरमा २ वटा फरक–फरक आइजिन दिने अडान राखेपछि यो विषय लामो समयदेखि विवादमा रहेको छ । पछिल्लोपटक बसेको सीडीएसीको सञ्चालक समितिको बैठकमा पनि यो विषय बाझिएपछि यो विषय थप पेचिलो बनेको छ ।  

सीडीएससीले बीमा , बैंक तथा वित्तीय क्षेत्रहरुको हकमा २ वटा आईजिन दिने गरेको छ । तर बाँकी रहेका क्षेत्रमा एउटै आईजिन दिने गरेको देखिन्छ । धितोपत्र कारोबार डिम्याट हुन थालेपछि हरेक कम्पनीहरुलाई आईजिन दिने गरिएको छ । यसमा देशको नामसहितको नम्बर दिईएको हुन्छ । सीडीएससीका अध्यक्ष तथा नेप्सेका सीईओ चुणामणी चापागाइले असल अभ्यास गर्नेगरि यो विषय धितोपत्र बोर्डले नै टुङ्ग्याउनु पर्ने बताए ।  

Shivam Cement
Bizshala
CG Motors

बिजशालालाई जानकारी दिदै  एक स्रोतले २ वटा आइजिन राख्ने गरि सञ्चालक समितिले पास गरेर पठाएको दाबी गर्यो । तर नेप्से सीईओ चापागाईले भने यस विषयमा आफूहरुले धितोपत्र बोर्डलाई नै जिम्मा दिएको तर्क गरे । उनले भने ‘असल अभ्यास हुनेगरि यस विषयमा धितोपत्र बोर्डले नै छिनोफानो गर्ला । सम्भवतः छिट्टै हामीलाई यस बिषयमा धितोपत्र बोर्डले नै छलफलको लागि बोलाउदै छ ।’

सीईओ चापागाइले सञ्चालक समितिमा आइजिनको विषयमा भएको मत बाझिएको स्वीकार गरे । उनले भने, ‘एक थरी सञ्चालकले अहिले नै भएको असल अभ्यासलाई निरन्तरता दिने तर्क गरेका छन् भने अर्को थरीेले भने लकिङ पिरेड खुलेपछि आवश्यक कागजात, प्रवन्धपत्र र नियामलवली मिलाए मात्रै २ वटा आइजिनलाई एउटा बनाउनु पर्ने तर्क गरेका छन् ।’

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले धितोपत्र बोर्ड अधिकार सम्पन्न नियामक भएकाले यो विषय बोर्डले नै टुङ्गो लाउनु पर्ने बताए । सीडीएससी सञ्चालकहरुमा नेप्सेको सीईओ चूणामणी चापागाई, अर्थ मन्त्रालयबाट केशव कुमार उप्रेति र शरद निरौला , सीडीएससीको प्रबन्ध सञ्चालक प्रविन पन्धक , कम्पनी सचिव सबिना पुजारी र स्वतन्त्र सञ्चालक सुमन कुमार नेपाल रहेका छन् ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.