काठमाण्डौ । कुमारी सुनौलो योजनाको लाभांश घोषणा गरिएको छ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत कुमारी क्यापिटल योजना व्यवस्थापक तथा कुमारी बैंक कोष प्रवद्र्धक रही सञ्चालनमा रहेको कुमारी सुनौलो योजनाका इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको हो ।
योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक कुमारी क्यापिटलको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि उक्त योजनाका इकाईधनीहरुलाई कर सहित ८.८८ प्रतिशत प्रतिफल(नगद लाभांश) वितरण गर्ने निर्णय गरेको छ ।
बैठकले प्रतिफल वितरणका लागि साउन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ साउन १२ गतेसम्म कायम इकाईधनीहरु मात्रै प्रस्तावित प्रतिफल पाउन योग्य हुनेछन् ।
कुमारी सुनौलो योजना एक खुलामुखी योजना हो । यसर्थ योजनाका इकाईधनीहरुले प्राप्त गर्ने प्रतिफल पुनः लगानी गर्न सकिन्छ । यसका लागि साउन २७ गतेसम्म आफ्नो नाम दर्ता गर्न योजना व्यवस्थापक कुमारी क्यापिटलले सूचित गरेको छ ।