बुधबार, भाद्र ३,२०८३ 02:41:49
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:41:49
Bizshala
Global IME Bank Limited

शिव श्री हाइड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

शिव श्री हाइड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
New Office

काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले जारी गर्न लागेको शतप्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १९२.८३ रुपैयाँ कायम भएको छ ।  

समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २८५.६५ रुपैयाँ कायम थियो । आइतबारको कारोबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर यही मूल्यका आधारमा कारोबारमा आउनेछ ।  

Bizshala
CG Motors

कम्पनीले १ः१ अनुपातमा १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।  

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि साउन १६ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ, साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट साउन ४ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको हो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.