शिवश्री हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । शिवश्री हाइड्रोपावरको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ १९ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु।१०० अंकित दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन १६ गते एक दिनका लागि बुक क्लोज गरेको...