काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठक आव २०७९÷०८० को वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी असोज २३ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको नियमावलीको नियम २७ (२) को व्यवस्था संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा पेश गर्नु हुने आव २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आव २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरुमाथि छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक तोक्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।