काठमाण्डौ । शिव श्री हाईड्रोपावर लिमिटेड ३१.५७ प्रतिशतले घाटा कम गर्न सफल भ्र्रएको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद घाटा ८ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १३ करोड ५ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत २४ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.२० प्रतिशतले बढी हो । कम्पनीको प्रशासनिक तथा अन्य खर्च २ करोड ५० लाख,रोयल्टी खर्च ४९ लाख ५३ हजार र वित्त खर्च २० करोड ६७ लाख रुपेयाँ रहेको छ ।
त्यस्तै कम्पनीको रिजर्भको आका्र ९६ करोड ९१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ । कम्पनीले ३ अर्ब ८६ करोड रुपैयाँबराबरको टर्म लोन र १३ करोड ५ लाख रुपैयाँ अल्पकालिन कर्जा लिएको छ ।
कम्पनीको कुल चालु सम्पत्ति ४० करोड २१ लाख र कुल चालु दायित्व ६६ करोड ८२ लाख रुपैयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक)१२.११ रुपैयाँ ऋणात्मक, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४१.३८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३४.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.४६ गुणा ऋणात्मक कायम भएको छ ।