काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको शतप्रतिशत हकप्रद सेयर साउन १८ गते बाँडफाँड गरिएको हो ।
कम्पनीले गत जेठ ४ गतेसम्म कायम सयेरधनीका लागि असार १६ गतेदेखि साउन ११ गतेसम्म निष्कासन गरेको प्रति सेयर रु.१०० अंकित दरका कुल ४० लाख कित्ता हकप्रद सेयर बाँडफाँड भएको हो ।
कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका सेयरधनीहरुलाई ३५ लाख ८१ हजार २६२ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो । कुल निष्कासन गरिएको हकप्रदमध्ये ४ लाख १८ हजार ७३८ कित्ता सेयर भने अवितरित रहेको छ ।
आफ्नो हकभन्दा बढी हकप्रद सेयरका लागि आवेदन गरी बाँडफाँडमा नपरेका सेयरधनीहरुको सेयरबापतको रकम भुक्तानी साउन २१ गतेदेखि आईपीएसमार्फत आवेदन फारममा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।