काठमाण्डौ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा मागभन्दा ११.६६ गुणा बढी आवेदन परेको हो ।
सिडिएससीका अनुसार हिजो अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २३ लाख ७२ हजार ९२६ जनाले कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । जुन यो मागभन्दा साढे ११ गुणा बढी आवेदन परेको हो ।
मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ पाउन भाग्यकै भर पर्नुपर्नेछ ।
कम्पनीको आइपीओ १० कित्ताका दरले बाँडफाँड गर्दा २ लाख ४२ हजार ३१८ जनाले सेयर प्राप्त गर्नेछन् भने आवेदक दिएका २३ लाख ७२ हजार आवेदकमध्ये २१ दाख ३० हजार भन्दा बढीको हात खाली हुनेछ