आईतवार, फाल्गुन ३,२०८२ 10:13:41
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:13:41
Bizshala
Global IME Bank Limited

डा. उज्जवल पाटनीको “बिजनेस ब्लु प्रिन्ट नेपाल” काठमाण्डौमा हुँदै, मुख्य प्रायोजक शिवम् सिमेन्ट

डा. उज्जवल पाटनीको “बिजनेस ब्लु प्रिन्ट नेपाल” काठमाण्डौमा हुँदै, मुख्य प्रायोजक शिवम् सिमेन्ट
Shivam Cement

काठमाण्डौ । नेपालका व्यावसायिक तथा औद्योगिक क्षेत्रका अग्रणी व्यक्तित्वहरूको सहभागितामा, प्रख्यात अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता डा. उज्जवल पाटनीद्वारा प्रस्तुत हुने “बिजनेस ब्लु प्रिन्ट नेपाल” कार्यक्रम यही भदौ १२ गते, २०८२ मा काठमाडौंस्थित होटल म्यारीयटमा आयोजना हुने भएको छ।

व्यवसायमा सफलताको खाका, नेतृत्वदायी क्षमताको विकास, बिक्री रणनीति, ब्रान्ड निर्माण, र आधुनिक व्यवसाय सञ्चालनका व्यावहारिक पक्षहरूमा केन्द्रित रहने उक्त कार्यक्रममा नेपालभरका व्यवसायी, युवाउद्यमी, स्टार्टअप संस्थापक तथा उद्योगीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कार्यक्रममा नेपाली व्यवसायी, उद्योगपति, युवा उद्यमी तथा स्टार्टअप प्रतिनिधिहरूलाई आधुनिक व्यवसायिक सोच, रणनीति, नेतृत्व कौशल, तथा ब्रान्ड निर्माणजस्ता महत्वपूर्ण पक्षको ज्ञान दिइने बताइएको छ ।  

कार्यक्रममा सहभागीहरूले व्यवसायिक सफलता प्राप्त गर्न आवश्यक व्यवहारिक रणनीति, कार्यान्वयनका तरिका र उत्प्रेरणादायी विचारहरू प्रत्यक्ष रूपमा अनुभूती गर्न पाउने आयोजकको दाबी छ ।  

राजधानीको म्यारीयट होटलमा मिति २०८२ साउन २५ गते आयोजना गरीएको पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक तथा जिनियस टल्कस्का प्रबन्धक कृष्ण शाहले यस्ता खालका कार्यक्रमले बिजनेशमा थप प्रेरणा र टेवा पुर्याउने दाबी गरे । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

पाटनीले आज सम्म १० हजार भन्दा बढि यस्ता खालका सेमिनारहरु गरिसकेका समेत उनले सो क्रममा जानकारी दिए र पाटनीको यो शो काठमाण्डौका लागि भने पहिलो हो ।  

कार्यक्रममा शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ हेड निखिल अग्रवालले ब्यवसायिक क्षेत्रको विकासका लागि विभिन्न क्षेत्रमा ज्ञान रहेका विज्ञहरुको अनुभवले उर्जा प्राप्त हुने र यस्ता खालका कार्यक्रमहरुमा शिवम् सिमेन्ट सहकार्य गर्न तयार रहेको बताए ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.