• सोमबार, श्रावण २६,२०८२ 07:37:58
Global IME Bank Limited

२० म्युचुअल फण्डको लाभांश घोषणा, १० को बुकक्लोज हुन बाँकी

Hyundai Nepal
२० म्युचुअल फण्डको लाभांश घोषणा, १० को बुकक्लोज हुन बाँकी
Shivam Cement

काठमाण्डौ । हालसम्म २० वटा म्यचुअल फण्डले मात्रै गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । योजना व्यवस्थापकहरुले आर्जित मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई वार्षिक रुपमा नगद लाभांश गरेका हुन्छन् ।  

म्युचुअल फण्ड म्यानेजरले वार्षिक रुपमा आर्जित नाफाबाट इकाईधनीहरुलाई कति नगद लाभाश बाँड्ने त्यो मूल्यांकन गर्दछ । यस्तो नाफा फण्डले लगानी गरेका सेयर, ऋणपत्र वा निक्षेप जस्ता क्षेत्रहरुबाट आएको आम्दानीमा आधारित हुन्छ ।  

तर, सबै म्युचुअल फण्डले लाभांश दिनैपर्छ भन्ने छैन । यदि फण्डले लाभांश नदिएरु पुनः लगानी गर्न भने त्यो ग्रोथ विकल्प अन्तर्गत पर्छ । यदि कुनै म्युचुअल फण्ड घाटामा वा भनेजस्तो नाफा आर्जन नगरेको अवस्थामा त्यस्ता फण्डहरुले लाभांश नबाँड्न पनि सक्छ ।  

गत आव २०८१/८१ को आर्जित मुनाफाबाट हालसम्म २० फण्डले लगानीकर्तालाई नगद लाभांश प्रस्तावा गरेका छन् । जसमा आधा जसो फण्डले १० प्रतिशत भन्दा बढी र आधा जसोले १० प्रतिशत भन्दा थोरै नगद लाभाश घोषणा गरेका छन् ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

गत आवको नाफाबाट सबैभन्दा बढी लाभांश घोषणा गर्नेमा सिद्धार्थ क्यापिटल लिमिटेडद्वारा सञ्चालित म्युचुअल फण्डहरु छन् । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले २० प्रतिशतका दरले नगद लाभांश प्रस्ताव गरेको छ ।  

साथै क्यापिटलकै अर्को म्युचुअल फण्ड सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले भने १७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यी तीनवटै फण्डकाले बुकक्लोज हुन बाँकी छ । यसर्थ लगानीकर्ताले दोस्रो बजारबाट यी तीनवटै फण्डको इकाई खरिद गर्दा सो प्रतिशत दरको लाभांश पाउन सकिनेछ ।  

यता लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडद्वारा सञ्चालित लक्ष्मी उन्नती कोषले पनि २० प्रतिशत नगद लाभांश गरेको छ । क्यापिटलकै अर्को फण्ड लक्ष्मी भ्यालु फण्ड–२ ले भने १५ प्रतिशत र शुभ लक्ष्मी कोषले १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यो क्यापिटलको फण्डहरुको पनि बुकक्लोज मिति तय हुन बाँकी नै छ ।  

त्यस्तै, सनराइज क्यापिटल लिमिटेडका म्युचुअल फण्डहरु सनराइज ब्लुचिप फण्डले १९ प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फण्डले १४ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डले १३.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यो क्यापिटलका फण्डहरुको पनि बुकक्लोज मिति तय हुन  बाँकी नै छ ।  

साथै एनआइसी एशिया क्यापिटलका म्युचुअल फण्डहरु एनआइसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत, एनआइसी एशिया ब्यालेन्स्ड फण्डले ९.९० प्रतिशत, एनआइसी एशिया सेलेक्ट–३० ले ८.६५ प्रतिशत र एनआइसी एशिया डायनामिक डेब्ट फण्डले ५.५५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । एनआइसी एशिया क्यापिटलको म्युचुअल फण्डहरुको पनि बुकक्लोज हुन बाँकी रहेकोले अझैपनि उक्त फण्डका इकाईहरु खरिद गर्दा प्रस्तावित लाभांश पाइनेछ ।  

त्यस्तै, नबिल फ्लेक्सी क्याप फण्डले ९ प्रतिशत, कुमारी सुनौलो लगानी योजनाले ८.८८ प्रतिशत, एनआइबीएल सहभागीता फण्डले ७ प्रतिशत, गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत, एनएमबी सरल बचत–ई ले ४.२७ प्रतिशत र मुक्तिनाथ म्युचुअल फण्ड–१ ले ३.८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।

 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.