शुक्रबार, असार १२,२०८३ 04:40:49
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 04:40:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

Laxmi Sunrise Bank Limited
डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

काठमाण्डौ । चीनकोअग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नो इलेक्ट्रिक भेहिकल ब्रान्ड VOYAH  अटोमोबाइलमा ठूलो लगानी गर्ने घोषणा गरेको छ  । जसले स्वच्छ र स्मार्ट यातायात विकासमा आफ्नो प्रतिबद्धता अनुरुप यो लगानी गर्नेछ।

डोङफेङर VOYAH बीच सम्पन्न पुँजीवृद्धि सम्झौता अनुसार हुने यस लगानीमा डोङफेङको सहायक कम्पनी डोङफेङ एसेट म्यानेजमेन्ट (DFAM) ले VOYAH मा करिब १३७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ। यसले VOYAH लाई EV स्पेसमा आफ्नो गाडी, प्रविधि र प्रदर्शनलाई अझै सुधार गर्न मद्दत गर्नेछ।

पुँजीवृद्धि सम्झौतापछि VOYAH अटोमोबाइलको स्वामित्व संरचनामा केही फेरबदल हुनेछ। लगानीपछि डोङफेङ मोटर ग्रुपले VOYAH को ७९.६९% स्वामित्व पाउनेछ। DFAM को ३.३०% हिस्सा हुनेछ र बाँकी १७.०१% अरू सेयरधनीले राख्नेछन्। यसरी डोङफेङले VOYAH मा नियन्त्रण कायम राख्दै विश्वसनीय साझेदारहरूसँग मिलेर विकास कार्यलाई अघि बढाउनेछ।

New Office
CG Motors
Garima Development Bank

VOYAH, डोङफेङ मोटर ग्रुपको प्रिमियम इलेक्ट्रिक गाडी ब्रान्ड हो। स्मार्ट र वातावरणमैत्री गाडीहरूका साथ बजारमा प्रवेश गरेको VOYAH ले आजका ग्राहकका लागि आधुनिक गाडी उपलब्ध गराउने लक्ष्य राखेको छ। विश्वभर इलेक्ट्रिक गाडीको माग बढ्दै गएका कारण VOYAH, डोङफेङको भविष्यको योजनामा महत्वपूर्ण हिस्सा हुनेछ।

यो नयाँ लगानीले VOYAH लाई बजारमा अझ बलियो बनाउन सहयोग गर्नेछ। नयाँ पूँजीलाई अनुसन्धान र विकास (R&D), उत्पादन वृद्धि, गाडीको गुणस्तर सुधारका साथै अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नका लागि प्रयोग गर्न सकिनेछ। यसले VOYAH लाई अन्य ठूला इलेक्ट्रिक भेहिकल ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न पनि मद्दत गर्नेछ।

डोङफेङका लागि यो लगानी केवल आम्दानी वा सेयरको कुरा मात्र होइन, भविष्यमा ग्रीन र स्मार्ट यातायात प्रणालीमा प्रभावशाली सेयरधनीका रूपमा नेतृत्व गर्ने लक्ष्यतर्फको कदम पनि हो।डोङफेङले सर्वसाधारणका लागि भविष्यको ग्रीन मोबिलिटी र स्मार्ट यातायात प्रणालीतर्फको रूपान्तरणमा अग्रणी भूमिका खेल्ने लक्ष्य राखेको छ। VOYAH मा गरिएको हालको यो लगानी नवीनता र दिगोपनमा गरिएको लगानीको उदाहरण मात्र हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.