• बुधबार, श्रावण २८,२०८२ 12:16:37
Global IME Bank Limited

अघिल्लो आवमा घाटा ब्यहोरेको मानुषी लघुवित्तले कमायो रु.१.३० करोड नाफा, लाभांश क्षमता १५.६८%

Hyundai Nepal
अघिल्लो आवमा घाटा ब्यहोरेको मानुषी लघुवित्तले कमायो रु.१.३० करोड नाफा, लाभांश क्षमता १५.६८%
Shivam Cement

काठमाण्डौ । अघिल्लो आवमा घाटा ब्योहोरेको मानुषी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १ करोड ३० लाख रुपैयाँ नाफा कमाउन सफल भएको । अघिल्लो आवमा संस्थाले ७८ लाख ९२ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो । गत आवमा संस्थाको खराब कर्जा अनुपात घटेर खुद ब्याज आम्दानी उल्लेख्य बढ्दा नाफा वृद्धिमा टेवा पुगेको हो ।

अघिल्लो आवमा ८.०४ प्रतिशत रहेको संस्थाको एनपीएल घटेर गत आवमा ६.१४ प्रतिशत कायम भएको छ । खराब कर्जा घटेसँगै संस्थाले गत आवमा १० करोड एक लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलानामा ८३.५० प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले जम्मा ५ करोड ४५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । 

Shivam Cement
Muktinath Bikas Bank Limited

साथै, संस्थाको निक्षेप संकलन १०.९७ प्रतिशत बढेर १ अर्ब ९ करोड ६२ लाख रुपैयाँ र कर्जा परिचालन ९.११ प्रतिशत बढेर १ अर्ब २९ करोड ४० लाख रुपैयाँ पुगेको छ । सो अवधिसम्म संस्थाको चुक्तापूँजी १० करोड ९३ लाख रुपैयाँ रहेको छ भने संस्थाको रिटेन्ड अर्निङ १ करोड ७१ लाख रुपैयाँ ऋणात्मक र रिजर्भ फण्डमा ४ करोड ५३ लाख रुपैयाँ संचित रहेको छ । 

संस्थाको वितरणयोग्य मुनाफा भने १ करोड ७१ लाख ४७ हजार रुपैयाँ रहेको छ । यसर्थमा संस्थाको लाभांश क्षमता १५.६८ प्रतिशत रहेको छ । अघिल्लो आवमा ७.२२ रुपैयाँ ऋणात्मक रहेको संस्थाको इपीएस गत आवमा ११.९२ रुपैयाँ पुगेको छ भने नेटवर्थ १२५.८२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३९.३४ गुणा, तरलता अनुपात २७ प्रतिशत, कस्ट अफ फण्ड ९० प्रतिशत र बेस रेट १५.२४ प्रतिशत रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.