• बुधबार, श्रावण २८,२०८२ 03:00:01
Global IME Bank Limited

श्रृजनशील लघुवित्तको नाफा २२१.१६% ले बढ्यो, इपीएस ४१.२५ रुपैयाँ

Hyundai Nepal
श्रृजनशील लघुवित्तको नाफा २२१.१६% ले बढ्यो, इपीएस ४१.२५ रुपैयाँ
Shivam Cement

काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको खुद नाफा २२१.१६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा जम्मा १ करोड ४० लाख रुपैयाँ मात्रै नाफा कमाएको यो संस्थाले गत आवमा ४ करोड ५० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । संस्थाको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार आउँदा नाफा वृद्धि भएको हो । 

संस्थाको खुद ब्याज आम्दानी ५६.५९ प्रतिशतले बढेर १६ करोड ८८ लाख रुपैयाँ पुगेको छ । साथै गत आवमा संस्थाले कमिसनमार्फत २ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ । संस्थाको निक्षेप संकलन ११.१७ प्रतिशत बढेर ८४ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने कर्जा परिचालन २३.०९ प्रतिशत बढेर २ अर्ब ६९ करोड ९३ लाख रुपैयाँ पुगेको छ । 

Shivam Cement
Muktinath Bikas Bank Limited

संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ५१ लाख ६६ हजार रुपैयाँ रहेको छ भने संस्थाको चुक्तापूँजी १० करोड ९३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ५ करोड ७ लाख रुपैयाँ र रिजर्भमा ११ करोड ६ लाख रुपैयाँ सञ्चित रहेको छ ।

संस्थाको एनपीएल भने ६.४९ प्रतिशतबाट बढेर ९.७९ प्रतिशत पुगेको छ । साथै सिडि रेसियो ३४५ प्रतिशत, बेस रेट १२.६० प्रतिशत, कस्ट अफ फण्ड ८.१० प्रतिशत रहेको छ । 

यता संस्थाको इपीएस भने १२.८४ रुपैयाँबाट बढेर ४१.२५ रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको नेटवर्थ २४७.६० रुपैयाँ, मूल्य आम्दानी अनुपात ५२.६० गुणा र तरलता अनुपात ३२.६४ प्रतिशत रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.