IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 09:51:26
IME remit
Global IME Bank Limited

आम्दानी घटेसँगै कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफामा ४३% को गिरावट

Hyundai Nepal
आम्दानी घटेसँगै कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफामा ४३% को गिरावट
Shivam Cement

काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आम्दानी घटेसँगै नाफामा समेत गिरावट आएको छ । कम्पनीले गत आवको चौथौ त्रैमाससम्म ८९ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको १ करोड ५७ लाखको तुलनामा ४३.२७ प्रतिशतले कम हो ।  

कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.०३ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवमा विद्युत बिक्रीमार्फत ३ करोड ३ लाख रुपैयाँ आर्जन गरेको थियो ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

कम्पनीले यो अवधिसम्म ६२ लाख ५० हजार रुपैयाँबराबरको प्रशासनिक खर्च र ३१ लाख २० हजार वित्त खर्च गरेको छ । कम्पनीको चुक्तापूँजी १३ करोड ४० लाख रुपैयाँ छ भने रिजर्भको आकार ४ करोड ९२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने रिजर्भको आकार ७ करोड ५५ लाख रुपैयाँ रहेको थियो । कम्पनीको दीर्घकालिन कर्जा २ करोड ९६ लाख  रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ९७ लाख ७५ हजार र कुल चालु दायित्व ५ लाख ७५ हजार रुपैयाँबराबर रहेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)६.६७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३६.७२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५९.२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८६.४६गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.