IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 09:51:26
IME remit
Global IME Bank Limited

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा ८८९.०४% को उछाल, ईपीएस ५२.२३ रुपैयाँ पुग्यो

Hyundai Nepal
एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा ८८९.०४% को उछाल, ईपीएस ५२.२३ रुपैयाँ पुग्यो
Shivam Cement

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आवको चौथो त्रैमाससम्म  ६७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८८९.०४ प्रतिशतले बढी हो ।  

अघिल्लो आवमा कम्पनीको खुद नाफा ६ करोड ७८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी समेत बढेको छ । कुल आम्दानी  ९००.४४ प्रतिशतले बढ्दै १ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।  

यो अवधिमा कम्पनीको खर्च केही बढेको छ । अघिल्लो आवमा ११ करोड २४ लाख कुल खर्च गरेको कम्पनीले समीक्षा अवधिमा भने ११ करोड ३८ लाख कुल खर्च गरेको छ ।  कम्पनीको रिटेन्ड अर्निङ ७२ करोड २० लाख रुपैयाँ रहेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३३ करोड र कुल चालु दायित्व २९ करोड ४० लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी उल्लेख्य बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ५.५५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर ५२.२३ रुपैयाँ पुगेको छ ।  

त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ २५०.१५ रुपैयाँ, तरलता अनुपात ४.४५ प्रतिशत र मूल्य आम्दानी अनुपात ४३.६४ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.