बिहीबार, भाद्र ५,२०८२ 10:37:48
  • बिहीबार, भाद्र ५,२०८२ 10:37:48
Global IME Bank Limited

अपर स्याङ्गे हाईड्रो ७.६२ करोड नाफामा, ईपीएस ३४.६६ रुपैयाँ पुग्यो

Hyundai Nepal
अपर स्याङ्गे हाईड्रो ७.६२ करोड नाफामा, ईपीएस ३४.६६ रुपैयाँ पुग्यो
Shivam Cement

काठमाण्डौ । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ , कम्पनी गत आवको चौथो त्रैमाससम्म घाटाबाट बाहिरिँदै नाफा आर्जन गर्न सफल भएको छ ।  कम्पनीले समीक्षा अवधिसम्म ७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ६१ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीको विद्यु्त त्रिक्री आम्दानी भने घटेको छ । यो अवधिसम्म  विद्युत बिक्रीमार्फत कम्पनीले ४ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५.१७ प्रतिशतले कम हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीले १३ करोड ३ लाख अन्य आम्दानी गरेको छ ।  

कम्पनीको कर्मचारी खर्च ६७ लाख ३७ हजार रुपैयाँबाट बढेर ८१ लाख १६ हजार रुपैयाँ र प्रशासनिक खर्च ६१ लाख ८ हजार रुपैयाँबाट बढेर ८६ लाख ९० हजार रुपैयाँ पुगेको छ ।  

कम्पनीको वित्त खर्च भने ५ करोड १७ लाखबाट घटेर ३ करोड ४६ लाखमा सीमित बनेको छ । कम्पनीको रिजर्भको आकार पनि १ करोड ४० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३४.६६ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ९६.६१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८४.४३ रुपैयाँ र तरलता अनुपात ८१.३४ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.