सोमबार, फाल्गुन ४,२०८२ 06:22:19
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 06:22:19
Bizshala
Global IME Bank Limited

नेपाललाई तेल आपूर्ति गर्ने इण्डियन आयलको नाफामा ८३% को उछाल

नेपाललाई तेल आपूर्ति गर्ने इण्डियन आयलको नाफामा ८३% को उछाल
Shivam Cement

काठमाण्डौ । नेपाललाई पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको भारतको सबैभन्दा ठूलो तेल परिष्करण तथा मार्केटिङ कम्पनी इण्डियन आयल कर्पोरेशन लिमिटेड (IOCL) ले आर्थिक वर्ष २०२५/२६ को पहिलो त्रैमासिक नतिजा सार्वजनिक गरेको छ। कम्पनीले यस अवधिमा ८३ प्रतिशतले वृद्धि गर्दै ६,८०८.१२ करोड रुपैयाँ शुद्ध नाफा कमाएको छ।

गत वर्ष यही अवधिमा कम्पनीको नाफा ३,७२२.६३ करोड रुपैयाँ थियो। तर अघिल्लो त्रैमास (मार्च २०२५) मा कमाएको ८,३६७.६३ करोड रुपैयाँ को तुलनामा नाफामा कमी देखिएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

रेभेन्यूमा हल्का वृद्धि

अप्रिल–जुन २०२५ मा कम्पनीको सञ्चालन राजस्व २,२१,८४९.०२ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको २,१९,८६४.३४ करोड रुपैयाँ भन्दा ०.९ प्रतिशत बढी हो।

खर्च नियन्त्रणमा सफलता

कम्पनीको कुल खर्च यस त्रैमासमा २,१४,८३०.२४ करोड रुपैयाँमा झरेको छ, जुन गत वर्षको २,१६,१२५.५४ करोड रुपैयाँ भन्दा कम हो। कच्चा तेल र अन्य सामग्रीमा सबैभन्दा ठूलो हिस्सा खर्च भएको छ (१,०९,४५०.८ करोड रुपैयाँ) भने स्टक-इन-ट्रेड, एक्साइज ड्युटी र अन्य खर्चमा क्रमशः ४७,९०४.८१ करोड, २९,५०८.३७ करोड र १३,०३१.६७ करोड रुपैयाँ खर्च भएको छ।

EBITDA मा मजबुत वृद्धि

ब्याज, कर, मूल्यह्रास र अमोर्टाइजेसन अघि कम्पनीको कमाई (EBITDA) ३२.५ प्रतिशतले बढेर १३,८५०.६६ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यो आँकडा १०,४५२.५१ करोड रुपैयाँ थियो।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

मार्जिन सुधार, तर अघिल्लो त्रैमासभन्दा कम

सञ्चालन मार्जिन यस त्रैमासमा ४.६१ प्रतिशत पुगेको छ, जुन गत वर्षको २.९१ प्रतिशत भन्दा बढी हो। तर, मार्च २०२५ को ४.९६ प्रतिशत सँग तुलना गर्दा हल्का गिरावट देखिएको छ।

शेयर मूल्यमा गिरावट

नतिजा सार्वजनिक भएपनि बजारमा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। BSE मा इण्डियन आयलको शेयर १.५८ प्रतिशत घटेर १४०.१५ रुपैयाँमा बन्द भएको छ।

मुनाफा बढ्नुको कारण

कच्चा तेलको लागतमा नियन्त्रण, रिफाइनिङ मार्जिनमा सुधार र सञ्चालन दक्षता बढाउनु कम्पनीको नाफा वृद्धिको मुख्य कारण भएको बताइएको छ।

नेपाललाई पेट्रोलियम पदार्थ आपूर्ति गर्ने प्रमुख कम्पनी भएकाले इण्डियन आयलको नतिजाले नेपालमा तेल मूल्य निर्धारण र आपूर्ति सन्तुलनमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषकहरूले बताएका छन्।

-Agencies

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.