मंगलवार, आश्विन २८,२०८२ 03:48:07
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 03:48:07
IME remit
Global IME Bank Limited

हिमालयन रि इन्स्योरेन्सद्वारा १.३९अर्ब खुद नाफा आर्जन, बीमाशुल्क आर्जन १७% ले वृद्धि

Hyundai Nepal
हिमालयन रि इन्स्योरेन्सद्वारा १.३९अर्ब खुद नाफा आर्जन, बीमाशुल्क आर्जन १७% ले वृद्धि
Shivam Cement

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद बीमाशुल्क आर्जन बढेसँगै नाफा समेत बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५.८४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ३१ करोड खुद नाफा कमाएको थियो ।  

कम्पनीले यो अवधिसम्म ६ अर्ब ३७ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १७.४५ प्रतिशतले बढी हो । कम्पनीले ७ अर्ब ७३ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ६ अर्ब ६६ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यो अवधिमा कम्पनीको खर्च १९.१२ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ५ अर्ब ७७ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । यस्तै कम्पनीले यो अवधिसम्म ३ अर्ब ६७ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।  

चौथो त्रैमाससम्म कम्पनीको महावित्तपी कोषको आकार १९ करोड ८० लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवमा १० करोड ७० लाख थियो ।  

त्यस्तै कम्पनीको रिटेन्ड अर्निङको आकार ८२ करोड ७६ लाख रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१२.८२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५५.०९ रुपैयाँ र पीई अनुपात ७१.९७ गुणा कायम भएको छ ।  

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.